• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

टुँडिखेलमा भीड अनियन्त्रित हुँदा ८ जना घाइते


  • धनकुटा खबर
  • .

काठमाडौं,१ माघ । काठमाडौंको टुँडिखेलमा माघी मनाउन पुगेकाहरूको भीड अनियन्त्रित हुँदा ८ जना घाइते भएका छन्।

सोमबार मगर समुदायको माघेसक्राति र थारू समुदायको माघी मनाउन टुँडिखेलमा कार्यक्रम आयोजना गरिएको थियो।

मगर र थारु समुदायले आयोजना गरेको अलग-अलग कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण अत्यधिक भिडभाडका क्रममा घाइते हुन पुगेका हुन् । प्रहरीका अनुसार भिडमा चेपिएर घाइते भएका ८ जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । उनीहरुको अवस्था सामान्य छ । प्रहरीले भीडलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖