• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

आज दिउँसो मौसम बदली हुने, पानी पर्ला कि नपर्ला?


  • धनकुटा खबर
  • .

मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) दिउँसो काठमाडौँ उपत्यकाको मौसम बदली हुने अनुमान गरेको छ।

बिहान खुलेको (घाम लागेको) काठमाडौँको मौसम दिउँसोपख बदली हुने महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए।

‘आज बिहानैदेखि देशैभरीको पहाडी भूभागमा मौसम बदली छ। तर, काठमाडौँ उपत्यकामा भने बिहानैदेखि घाम लागिरहेको छ,’ मौसमविद् अर्यालले नेपालखबरसँग भने, ‘मंगलबार दिउँसोपख भने काठमाडौँ उपत्यकाको मौसम पनि आंशिक रुपमा बदली हुने सम्भावना छ।’

मौसम बदली भए पनि उपत्यकामा आज पानी पर्ने सम्भाना भने नरहेको उनले बताए। आज दिउँसो कोशी, गण्डकी, कर्णाली प्रदेशको पहाडी भूभागका केही ठाउँमा पानी पर्ने सम्भावन छ। बागमती प्रदेशको पनि दोलखा क्षेत्रमा वर्षा हुने सम्भावना रहेको अर्यालले बताए।

आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सिय मापन गरिएको छ। दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १८ डिग्री भन्दा माथि पुग्ने महाशाखाको अनुमान छ।

यस वर्ष डिसेम्बर ५ मा काठमाडौँको न्युनतम तापक्रम सबैभन्दा कम ३ दशमलव ५ डिग्री सेल्सियस मापन भएको थियो। ‘अब मौसम बदली भयो, वर्षा हुने प्रणालीको विकास भयो भने मात्रै यहाँको तापक्रम घट्छ, त्यो सम्भावना यो माघ १५ सम्म रहन्छ। नत्र अब यहाँको तापक्रम धेरै घट्दैन,’ अर्यालले भने।

यतिबेला नेपालमा पश्चिमी वायुसँगै बंगलादेशको दक्षिण भूभाग आसपास अवस्थित न्यून चापीय प्रणालीकोसमेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावस्वरुप बिहानैदेखि देशैभरीको पहाडी भूभागको मौसम बदली छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖