काठमाडौं । न्यायाधीश भुवन गिरीकी पत्नी आरती गिरी रावल आज पनि सर्वोच्च अदालत पुगेर विरोध प्रदर्शनको प्रयास गरेकी छन् । उनलाई प्रहरीले गेटबाटै नियन्त्रणमा लियो ।
दुई दिनअघि आरतीले सर्वोच्च गेटभित्रै पसेर आत्मदाह प्रयास गरेकी थिइन् । आज भने त्यस्तो प्रयास गरेकी थिइनन् । उनले न्याय माग्दै नारावाजी गरेपछि प्रहरीले पक्राउ गरेको हो ।
न्यायाधीश गिरीले आफूलाई वैवाहिक बलात्कार गरेको आरोप लगाउँदै आरती कानूनी लडाइँमा छिन् । उनको मुद्दा अदालतमा विचाराधीन छ ।
