• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

कोरिया जानका लागि हालसम्मकै उच्च आवेदन, सर्यो ‘ईपीएस’ भाषा परीक्षा


  • धनकुटा खबर
  • .

काठमाडौं, २ माघ । वैदेशिक रोजगारीका लागि कोरिया जानका लागि हालसम्मकै उच्च आवेदन परेको छ ।

धेरै आवेदन परेपछि विवरण भेरिफाई गर्न समय लाग्ने भएकाले रोजगार अनुमति प्रणाली ‘ईपीएस’ कोरियाको भाषा परीक्षा सारिएको छ ।

कोरिया जानका लागि गत डिसेम्बरमा ‘मेन्युफ्याक्चरीङ’ तर्फ खुलेको आवेदनमा १ लाख ६४ हजार जनाले फर्म भरेका छन् । उनीहरुको विवरण भेरिफाइका लागि समय लाग्ने भएकाले आगामी जनवरी २० मा हुने भनिएको भाषा परीक्षा सारिएको बताइएको छ ।

फेब्रुअरी ६ मा सूचना जारी गरी भाषा परीक्षाको अर्को मिति तोकिने बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖