• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

त्रिभुवन विश्वविद्यालय : ट्रान्सक्रिप्ट लगायतका सेवा अनलाइनबाट


  • धनकुटा खबर
  • .

काठमाडौं, माघ ३ । त्रिभुवन विश्वविद्यालयले आउँदो माघ १५ गतेदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्याेग, प्रतिलिपि, करेक्सनलगायत सेवा अनलाइनबाट दिने भएको छ । विश्वविद्यालयको केन्द्रीय परीक्षा सञ्चालक समितिको हिजोको बैठकले यस्तो निर्णय गरेको हो ।

परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूले दिने सेवाहरू अब अनलाइनबाटै पाइने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

अनलाइन प्रणाली शुरु भएपछि विद्यार्थीले परीक्षा नियन्त्रण कार्यालयमा धाइरहनु पर्दैन । शुल्क तिर्न बैङ्कमा लाम पनि बस्नु पर्दैन । विद्यार्थीले घरैबाट कागजात पेस गर्न र शुल्क पनि अनलाइनबाटै तिर्न सक्ने विश्वविद्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖