• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

सुन तोलामा १२ सय रुपैयाँ घट्यो


  • धनकुटा खबर
  • .

३ माघ, काठमाडौं । बुधबार एकै दिन सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँ तोकेको छ।

यसअघि मंगलबार प्रतितोला १ लाख १९ हजार ४ सय रुपैयाँ तोकिएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै नेपाली बजारमा असर परेको महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ४ सय कायम भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖