• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

एमाले प्रवेश गरेकी विक र दुर्गा प्रसाईसँग हिडेका तामाङ माओवादीबाट निष्कासित


  • धनकुटा खबर
  • .

काठमाडौं,३ माघ । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले दुई जना वैकल्पिक केन्द्रीय सदस्यलाई कारबाही गरेको छ।

गत शनिबार बसेको स्थायी कमिटी बैठकले वैकल्पिक केन्द्रीय सदस्यहरू विरू तामाङ र उमा विकलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो।

यस्तै वैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर केसीलाई स्पष्टीकरण सोधेको माओवादीले जनाएको छ।

भक्तपुरका तामाङ पछिल्लो समय मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँगै हिँडेको भन्दै माओवादीले कारबाही गरेको हो। कपिलवस्तुकी विक नेकपा एमालेमा प्रवेश गरेकी थिइन्।

गोरखबहादुरले भने मंसिरमा भूकम्प प्रभावितका लागि राहत लिएर गएको चिनियाँ टोलीलाई जाजरकोटमा कुटपिट गरेको उजुरी आएकाले स्पष्टीकरण सोधिएको माओवादी केन्द्रले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖