• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

प्रधानमन्त्रीले हटाए सचिवालयका १३ कर्मचारी


  • धनकुटा खबर
  • .

काठमाडौं : आफू प्रधानमन्त्रीमा नियुक्त भएको एक वर्ष पूरा भएपछि नयाँ ढंगबाट अघि बढ्ने घोषणा गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिवालयबाट १३ जनालाई हटाइएका छन्।

प्रधानमन्त्री प्रचण्डको निर्देशनअनुसार सचिवालयका १३ जनालाई हटाइएको हो। माघ १ गतेदेखि लागु हुनेगरी उनीहरूलाई हटाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। हटाइनेमा स्वकीय सहसचिवदेखि सवारी चालकसम्म छन्।

उनीहरूलाई हटाउनुको कारण सचिवालयले स्पष्ट पारेको छैन तर, प्रधानमन्त्री प्रचण्डले ससाना क्षेत्रमा सुधारका कामहरू गर्ने र त्यसको सुरुवात आफैंबाट गर्ने घोषणा गरिसकेका छन्। उनले आफ्नो सचिवालयलाई पनि सानो तर चुस्त पार्ने बताएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖