• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

सन्दीपको बचाउमा उत्रिए महेश, मुद्दा फिर्ता लिन सरकारलाई सुझाव


  • धनकुटा खबर
  • .

काठमाडौं, ३ माघ । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले क्रिकेट सन्दीप लामिछानेको मुद्दामा जनताको भावना बुझ्न आवश्यक रहेको बताएका छन् ।

आज (बुधबार) काठमाडौंमा युवा संघद्वारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले लामिछानेमाथि अन्तर्राष्ट्रिय शक्ति र प्रतिस्पर्धीका रुपमा उभिएकाहरुको चलखेल पनि हुनसक्ने भन्दै सरकारले सन्दीपबारे जनताको भावना पनि बुझ्न आवश्यक रहेको बताएका हुन् । सरकारले परिआउँदा मुद्दासमेत फिर्ता लिनुपर्ने उनको भनाइ छ ।

‘यस्ता खालका मुद्दाहरुलाई नेपाल सरकारले परिआउँदा फिर्ता लिने तहसम्म पनि सोच्नुपर्छ की ? आम जनताको भावनालाई ध्यान दिनुपर्छ की ? खेलकुद जगतको होनाहार व्यक्तित्वलाई त्यो ढंगले लिन हुँदैन की भन्ने कुरामा सम्बन्धित निकायको ध्यान राख्नुपर्छ की ?’ उनले जिज्ञासा राखे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖