• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

काठमाडाैं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियार


  • धनकुटा खबर
  • .

काठमाडौं। काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारलाई पठाउने तयारी भएको छ। हाल राष्ट्रिय योजना अयोगामा कार्यरत सहसचिव परियारलाई काठमाडौं महानगरपालिकाको प्रशासकीय अधिकृत बनाएर पठाउने तयारी भएको स्रोतले जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल युगाण्डा भ्रमणबाट फर्किएरपछि बस्ने मन्त्रिपरिषद बैठकले परियारलाई कामपाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने स्रोतले जनाएको छ।

स्रोतका अनुसार बालेनकै चाहनामा योजना आयोगमा कार्यरत रहेका परियारलाई कामपामा सरुवा गर्न लागिएको हो।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीबीच मनमुटाव भएपछि मेयर बालेनले राष्ट्रिय सभा गृहमा रहेको अधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका थिए। त्यसपछि अधिकारी महानगर गएका छैनन्।

महानगरपालकिाको स्वास्थ्य विभागतर्फका कर्मचारी नियुक्तीको विषयमा मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत अधिकारीबीच विवाद भएपछि सुरुमा अधिकारीलाई कार्यलय प्रवेशमा रोक लगाइएको थियो।

सो विषयलाई लिएर मेयर बोलनको सविचलायका प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती विडारीलाई निलम्बन गरिएको थियो। प्रकाशकीय अधिकृत नहुँदा कामपाको काम प्रभावित भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖