• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

आर्थिक समृद्धि र सुशासन सरकारका प्रमुख प्राथमिकता : गृहमन्त्री


  • धनकुटा खबर
  • .

काठमाडाैं। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासन सरकारका प्रमुख प्राथमिकता भएको बताएका छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)को २४औं वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा श्रेष्ठले बिगतका कमीकमजोरीलाई सुधार गर्दै आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको लक्ष्यमा सरकारअघि बढिरहेको बताएका हुन्।

युवा र श्रमिकलाई बाहिर पठाउदै मुलुकलाई बृद्धाश्रम बनाउने दिशामा सरकार कदापी नलाग्ने उनको भनाइ छ।
उनले व्यापार घाटा घटाउने र मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउने प्रमुख क्षेत्र जलविद्युत् भएकाले त्यसलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताएका छन्। उनले देशभित्र बिजुलीको खपत बढाउनुपर्ने र बचेको बिजुली बेचे व्यापारघाटा कम गर्न सरकार लागेको बताए।

त्यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले वर्षायाम र सुक्खायामका बीचमा ऊर्जा उत्पादनमा रहेको अन्तरलाई घटाउनु अहिलेको आवश्यकता रहेको बताए।

उनले निर्माणाधीन आयोजनालाई शीघ्ररूपमा सम्पन्न गर्ने वातावरण बनाउनैपर्ने, जलाशयुक्त आयोजनालाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरे। उनले ऊर्जा क्षेत्रमा निजी क्षेत्रको साझेदारीमा मात्र समृद्ध नेपाल निर्माणको संकल्प पूरा हुने उल्लेख गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖