• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

प्रदेश वन सचिव सवार गाडीमा ढुङ्गा प्रहार


  • धनकुटा खबर
  • .

कैलाली । सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव जीवनाथ पौडेल सवारी गाडीमा ढुङ्गा प्रहार गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १९ फूलबारीमा उनी सवार गाडीमा युवाहरूले ढुङ्गा प्रहार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

उनी सवार सुदूरपश्चिम प्रदेश ०१००१ झ ४९३ नम्बरको गाडीमा बुधवार ढुङ्गा प्रहार गरिएको हो। उनी सवार गाडीको पछाडिको सिसा फुटेको छ। सचिवलाई भने चोटपटक लागेको छैन।

वसन्ता क्षेत्र लगाएको अतिक्रमण गरिएको वनको स्थलगत अनुगमनबाट फर्किने क्रममा उनी सवार गाडीमा ढुङ्गा हानिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।उनका अनुसार ६ जनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖