• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

ओलीलाई किन चाहियो आन्दोलन ?


  • धनकुटा खबर
  • .

काठमाडौं । एमाले अध्यक्ष केपी ओली हत्तपत्त आन्दोलनको कुरा गर्दैनन् । तर बुधबार र बिहीबार दुई अलग कार्यक्रममा उनले एउटै बोली दोहोर्‍याए- अब देशमा आन्दोलन चाहिन्छ ।

बुधबार पार्टीका नयाँ केन्द्रीय सदस्यहरुलाई निर्देशन दिंदै उनले सरकारको अक्षमता प्रमाणित भइसकेकाले यसलाई हटाउन आन्दोलन चाहिएको बताएका थिए । बिहीबार पनि उनको बोलीमा त्यसकै निरन्तरता देखियो ।

पार्टी निकट खेलकुद संगठनको कार्यक्रममा एमाले अध्यक्ष ओलीले सोही तर्कमा अझै जोड दिएर भने, ‘देश बर्बाद हुनबाट जोगाउनलाई पार्टीले सिठी बजाउँदा आन्दोलनका लागि तयार हुनुपर्छ ।’

यसअघि मिसन ८४ भन्दै चार वर्षपछिको आम चुनावका लागि अहिलेदेखि नै तयारीका लागि कार्यकर्तालाई सतर्क हुन अपिल गर्ने गरेका ओलीले यसै वर्ष मिसन ग्रासरुट्स र झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाड समृद्धि यात्रा पनि आयोजना गरेका थिए । मधेसको सिरहास्थित सर्रे अम्बासमा बैठक डाक्नेदेखि गैरराजनीतिक महत्वका अन्य कार्यक्रममा जोड दिँदा एमाले अध्यक्षको मक्सद चुनावतिरै लक्षित थियो ।

बिहीबार भने उनले चुनाव भनेर पर्खिन नसक्ने अवस्था उत्पन्न हुन सक्ने भन्दै आन्दोलनको संकेत गरे । ‘देश बर्बाद हुन लाग्यो भने मिसन ८४ भने बस्ने त ? त्यसैले ३–४ दिनमात्रैको सूचनाका भरमा पनि आन्दोलनमा जानुपर्ने हुन सक्छ ।’

ओलीले यस्तो टिप्पणी बुधबार पनि गरेका थिए । राष्ट्रिय एकता र स्वाभिमानमाथि आक्रमण बढ्दै जाँदा सरकार मुकदर्शक बनेको भन्दै ओलीले तत्कालै आन्दोलनमा जानुपर्ने खाँचो देखेका थिए । नयाँ नियुक्त केन्द्रीय सदस्यहरुलाई ओलीले बुधबार च्यासलस्थित एमाले मूख्यालयमा भनेका थिए, ‘विद्युत व्यापार, देशको भूभाग रक्षा जस्ता संवेदनशील विषयमा सरकार विदेशका सामु कम्फर्टेबल र घुँडाटेकुवामात्रै बन्यो । मुलुकलाई थप बर्बाद हुनबाट बचाउनका लागि एमालेले ठूलो आन्दोलनको सृष्टि गर्नुपर्ने हुन सक्छ ।’

‘सबैथोक बर्बाद भयो भन्नु प्रतिपक्षीको कामै हो, ओलीले त्यति पनि नबोले के गर्ने त ?,’ राजनीतिशास्त्री खनालले भने, ‘दुःखको कुरा, जुन कुरा दोस्रो तहको नेताले बोले पनि हुन्छ, त्योसमेत ओली आफैंले बोल्नुपरेको छ । एमालेमा सिनियर नेता भने पनि जुनियर नेता भने पनि ओली नै छन् ।’
प्रतिपक्षी दलका मूख्य नेता भए पनि ओलीले सरकारका पछिल्ला विवादास्पद क्रियाकलापबारे खासै जमेर अडान नलिएको, बरु राष्ट्रिय सभा चुनावमा सिट साझेदारीकै तहसम्म सम्झौता गर्न अग्रसर भएको आलोचना भएको थियो । भलै चुनावमा एमालेले सिट नै पाउने गरी सहमति भने टुंगोमा पुगेन । तर ठूला काण्ड र प्रकरणहरुमा एमालेले आफूलाई निरपेक्ष रुपमा प्रस्तुत गरेपछि आम रुपमा उसको भूमिकाबारे नै आशंकाहरु गरिएका थिए ।

यसरी पछिल्ला दिनमा आफ्नो राजनीतिक भूमिकाबारे आम रुपमै प्रश्न उठ्न थालेपछि ओली सतर्क बन्न पुगेको विश्लेषण गर्छन् राजनीतिशास्त्री कृष्ण खनाल । पार्टीभित्रै आफ्नो नेतृत्वशैलीबारे सुषुप्त रुपमा उठ्न थालेका आलोचनाहरुलाई छायामा पार्न पनि ओलीले आफूलाई अग्रसर देखाउन खोजेको हुन सक्ने उनको टिप्पणी छ ।

‘सबैथोक बर्बाद भयो भन्नु प्रतिपक्षीको कामै हो, ओलीले त्यति पनि नबोले के गर्ने त ?,’ राजनीतिशास्त्री खनालले भने, ‘दुःखको कुरा, जुन कुरा दोस्रो तहको नेताले बोले पनि हुन्छ, त्योसमेत ओली आफैंले बोल्नुपरेको छ । एमालेमा सिनियर नेता भने पनि जुनियर नेता भने पनि ओली नै छन् ।’

प्रधानमन्त्री भइसकेको मान्छेले कुन शब्द प्रयोग गर्दा के अर्थ लाग्छ भन्ने विषयमा पर्याप्त होस पुर्‍याउनुपर्ने प्राध्यापक खनालको भनाई छ । सधैंभरि संघर्ष, क्रान्ति, आन्दोलन जस्ता शब्द प्रयोग गर्दा तिनकै महत्व हराएर जाने उनी औंल्याउँछन् । ‘अहिले देशमा जे बिग्रेको भनिएको छ, त्यो बिगार्नमा ओली आफैं पनि कति जिम्मेवार छन्, उनले समीक्षा गर्नुपर्ने होइन र ?’ खनाल प्रतिप्रश्न गर्छन् ।

वाम विश्लेषक झलक सुवेदी पनि ओलीको भनाईमा कार्यकर्ता थुम्थुम्याउनेबाहेक अरु रणनीति नदेखिएको टिप्पणी गर्छन् । दैनिकजसो आन्दोलनको कुरा गरेर उनले नेतृत्वमा आफूलाई निर्विकल्प रुपमा स्थापित छु भनेर देखाउन चाहेको उनको भनाइ छ ।

वाम विश्लेषक झलक सुवेदी पनि ओलीको भनाइमा कार्यकर्ता थुम्थुम्याउनेबाहेक अरु रणनीति नदेखिएको टिप्पणी गर्छन् । दैनिकजसो आन्दोलनको कुरा गरेर उनले नेतृत्वमा आफूलाई निर्विकल्प रुपमा स्थापित छु भनेर देखाउन चाहेको उनको भनाइ छ ।
‘प्रतिपक्ष कता हरायो भनेर आम रुपमै खोजी हुन थालेका बेला ओलीलाई दबाब परेको हुनुपर्छ, त्यसैले पार्टी कार्यकर्तालाई सक्रिय बनाइराखेर अर्को चुनावकै तयारीस्वरुप आन्दोलनको बोली बोलेका हुन्’ सुवेदीले भने, ‘जतिसुकै आन्दोलनका गफ दिए पनि संसदीय प्रणालीमा संसदभित्रका गतिविधि र भूमिकाबाहेक अरु कुनै पनि गतिविधि निर्णायक हुन्नन् । त्यसैले संसदको दोस्रो ठूलो पार्टीका लागि सडकमा गएर आन्दोलन गर्ने बहस नै बेकार हुन सक्छ ।’

यी सब कुराहरु हुँदाहुँदै पनि ओलीको अन्तर्मनमा त्यस्तो के कुरा चल्दैछ, जसले गर्दा उनी आन्दोलनको कुरा एकाएक उठाउन थालेका छन् ? प्राध्यापक पीताम्बर शर्माले सत्तापक्षबाट प्रतिपक्ष बन्नुपरेको पीडाबोधलाई छाड्ने हो भने एमालेसँग कुनै ठोस राजनीतिक अडान नभएको बताए ।

उनले संसदीय समितिहरुमा, ऐनकानुनहरुको निर्माणमा, ठूला काण्डहरुमा प्रतिपक्षीले देखाउनुपर्ने भूमिका एमालेले कतै नदेखाएको भन्दै आश्चर्य प्रकट गरे । ‘प्रतिपक्ष पूरै देखावटी बनेको छ, संवेदनशील मुद्दाहरुमा उसको भूमिका देखिएको छैन ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖