• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम


  • धनकुटा खबर
  • .

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले बढ्दै १ लाख १८ हजार रुपैयाँ पुगेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रुपैयाँले नै बढ्दै १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले मात्रै बढ्दै १ हजार ३९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा करोबार भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖