• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

खलङ्गाबाट महेन्द्रनगर जाँदै गरेको बस दुर्घटना दार्चुला | माघ ५, २०८०


  • धनकुटा खबर
  • .

दार्चुला सदरमुकाम खलङ्गाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बस दुर्घटना भएको छ । सु.प.प्र.०२ ००१ ख १०३१ नंको बस महाकाली नगरपालिका–५ स्थित डम्पिङ साइडनजिकै आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा १५ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहलेका अनुसार घाइतेमध्ये एकजना गम्भीर, दुईजना मध्यम र अन्यको सामान्य अवस्था छ ।

घाइतेको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । बस सडकबाट करिब २० मिटर तल खसेको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖