• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

पैसाको कुराले रविको ससुरालीमा रडाको


  • धनकुटा खबर
  • .

काठमाडौं । रवि लामिछाने छिरेको घरमा एउटा अर्को रडाको मच्चिँदैछ । फेरि पनि लफडा उही छ, वित्तीय कारोबारको । सिनेमाको व्यवसायबाट नाम र दामसँगै सामाजिक प्रतिष्ठासमेत कमाएका उद्धव पौडेलले ३५ वर्षदेखि चावहिलस्थित गोपीकृष्ण हल चलाउँदै आए । सिनेमाको निर्माण, प्रदर्शन र वितरण गरी तीनै विधाको पोख्त र व्यवसायिक घरानाका रुपमा स्थापित छन् । त्यही आर्जनबाट ओम अस्पताल र हेल्थ क्याम्पसतिर लागे । तर, पछिल्लो समय सिनेमाको पुरानो तथा परम्परागत प्रदर्शनस्थललाई दर्शकले रुचाउन छाडे र मल्टिप्लेक्स संस्कृति शुरु भयो । त्यसैले हलहरु एकपछि अर्को गरी बन्द हुन थाले । यही मारमा उनी पनि परे ।

तीन विधामध्ये वितरणको काम भाइ उज्वलले हेर्छन् । निर्माणतर्फ नेपाली सिनेमाको बजार धराशायी छ । हल चल्न छोडेपछि जमलस्थित विश्वज्योति हलको बाटोतिर लागे । अर्थात्, पुरानो हल भत्काएर कम्प्लेक्स बनाउने र त्यहीँ मल्टिप्लेक्स अवधारणाबाट आफ्नो विज्ञताको कामसँगै ५ तारे होटल र अरु व्यवसाय अगाडि बढाउने ‘सानो सपना’ उद्धवसँग थियो । छोरी निकिता र छोरा निरकले साथ दिने नै भए । तर, ज्वाइँ बनेर घर छिरेका रवि लामिछानेको लहलहैमा लागेर नहुने कामका पछाडि पौडेल परिवार परेको छ । फलतः ठूलो आर्थिक झमेलामा फँस्दैछ ।

गोपीकृष्ण समूहले नै चलाएको टिभी फिल्मीको सिग्नललाई ग्यालेक्सी फोर एचकेको रुप दिइसकिएको छ । गोपीकृष्ण एफएम थियो, त्यो पनि ग्यालेक्सीलाई दिइयो । त्यसबापत करोडौं रुपैयाँको कारोबार भइसक्यो । त्यसैले अब ती दुई सम्पत्ति फर्किने सम्भावना झिनो छ । बनाउन भनेर भत्काएको चार वर्ष भइसक्यो, पुरानो गोपीकृष्ण हल रहेको जमिन आजसम्म ‘बाँझो’ नै छ । त्यही हाताभित्र तीनवटा थिएटरमा सिनेमाको प्रदर्शन त हुन्छ, तर दर्शकको उपस्थिति ज्यादै कम । त्यसले हलको सरसफाई र दैनिक खर्चसमेत धान्न मुश्किल छ । गोपीकृष्ण मुभिज प्रा.लि. नामक पुरानो कम्पनीको नवीकरण नभएको धेरै वर्ष भयो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖