• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

नेसपा केन्द्रीय सदस्य, माओवादी प्रदेश कमिटी सदस्य लगायत एमाले प्रवेश


  • धनकुटा खबर
  • .

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) का केन्द्रीय सदस्य, माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य लगायतका नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।

शुक्रबार एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेन्द्र पराजुली, प्रदेश कमिटी सदस्य मनोहर ढकाल, वासु भट्ट लगायतका नेताहरू एमाले प्रवेश गरेका छन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य दिवसबाबु खड्का लगायतका नेताहरू पनि एमाले प्रवेश गरेका छन् ।

उनीहरूलाई एमाले महासचिव शंकर पोखरेल लगायतका नेताहरूले अबिर र खादा लगाएर पार्टीमा स्वागत गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖