• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

गुल्मीमा चितुवा मृत भेटियो


  • धनकुटा खबर
  • .

६ माघ, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका- २ पालुखास्थित जंगलमा मृत अवस्थामा चितुवा फेला परेको छ । जंगलमा चितुवा मृत फेला परेपछि स्थानीयले वन कार्यालयलाई खबर गरेका थिए।

मृत अवस्थामा फेला परेको चितुवालाई डिभिजन वन कार्यालय गुल्मीलाई जिम्मा लगाइएको वडाअध्यक्ष लोकनाथ आचार्यले बताए ।

चितुवाको मुखमा चोट लागेको अवस्थामा फेला परेको डिभिजन वन कार्यालय गुल्मका सहायक वन अधिकृत पंकजकुमार ठाकुरले बताए ।

दुईवटा चितुवा एक आपसमा लडने क्रममा मृत्यु भएको हुनसक्ने अनुमान गरिएको उनले बताए । चितुवालाई अन्य कुनै पासो थाप्नेलगायतका क्रियाकलाप नभेटिएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖