• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

जागिर खाने नाममा देशको कानुन उल्लंघन नगर्नूस्


  • धनकुटा खबर
  • .

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले जागिर खाने नाममा देशको कानुन उल्लंघन नगर्न अनुरोध गरेका छन् । आइतबार बिहान तीन दिने युगान्डा भ्रमण सकेर फर्किएका प्रधानमन्त्री दाहालले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै रुस, युक्रेन सेनामा नेपालीहरू भर्ती भएको विषयबारे जानकारी दिँदै जागिर खाने नाममा जहाँ पायो त्यहीँ राज्यको नीतिविपरीत, संविधानको मर्मविपरीत, संविधानको मर्मविपरीत र लोकतान्त्रिक राष्ट्रिय स्वाधिनताको भावनाविपरीत सेनामा भर्ती नहुन आग्रह गरेका हुन् ।

रुसी र युक्रेनी सेनामा भर्तीबारे प्रधानमन्त्री : जागिर खाने नाममा देशको कानुन उल्लंघन नगर्नूस्
प्रधानमन्त्री दाहालले विगतमा सम्झौता भएका भारत र बेलायतबाहेक अन्यत्र कतै पनि नेपाली युवाहरुलाई सेनामा भर्ती गर्न दिने प्रावधान नरहेको जिकिर गरे । उनले रुसलाई युगान्डम भ्रमणका क्रममा पनि नेपाली युवाहरू सेनामा भर्ती नगर्न र मृतकको क्षतिपूर्तिसहित शव फकाएदिन आग्रह गरिएको पनि बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖