• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

बहुविवाह गरेका आरोपीविरुद्ध मुद्दा नचल्ने सरकारी वकिलको निर्णय


  • धनकुटा खबर
  • .

काठमाडौँ । जिल्ला सरकारी वकिल कार्यालय दाङले बहुविवाह गरेको आरोपी विरुद्ध मुद्दा नचलाउने निर्णय गरेको छ । बिहीबार प्रहरीले घोराहीका सरोज पौडेललाई पक्राउ गरेर अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

शुक्रवार सरकारी वकिल कार्यालयको निर्णयअनुसार पौडेललाई थुनामुक्त गरिएको दाङका एसपी रामबहादुर केसीले रातोपाटीलाई बताए । बहुविवाह गरेका पौडेललाई पक्राउ गरेको भोलिपल्ट हतार हतार प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

पौडेलविरुद्ध जेठी पत्नीले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖