• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

पक्राउ परेका नेविसंघ नेता/कार्यकर्तालाई तत्काल विनाशर्त रिहा गर्नुपर्ने अध्यक्ष शेर्पाको माग


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले नेपाल विद्यार्थी संघद्धारा माइतीघर मण्डला क्षेत्रमा लगाइएको निषेधाज्ञा विरुद्ध आयोजित शान्तिपूर्ण सडक प्रदर्शनका क्रममा पक्राउ परेका नेता/तथा कार्यकताहरुलाई तत्काल विनाशर्त रिहा गरिनुपर्ने बताएका छन् ।

निषेधाज्ञा हटाउन माग गर्दै माइतीघरमा प्रदर्शन गर्न पुगेका नेविसंघका नेता तथा कार्यकर्तालाई आज प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रदर्शन कार्यक्रममा सुरक्षाकर्मीले अराजक शैलीमा शान्तिपूर्ण आन्दोलनमा दमन गरेको भन्दै नेविसंघले आपत्ति जनाएको छ ।

अध्यक्ष शेर्पाले माईतीघरलाई निषेधित क्षेत्र घोषणा गरी नेपाली जनताको संविधान प्रदत्त शान्तीपूर्ण भेला, कार्यक्रम, सभा गर्ने अधिकार कुण्ठित गरेका कारण नेविसंघ आन्दोलित हुनुपरेको बताएका छन् ।

प्रहरीले नेविसंघका कार्यवाहक अध्यक्ष उज्ज्वल बज्राचार्य, केन्द्रीय सदस्यहरू आदर्श मल्ल, एन।पि जोशी, श्रेयाद पुडासैनी, मनोज पुरी, सुवास पौडेल, सुशान्त आचार्य, साजन तामाङ, विन्दा वोगटी, वासुदेव न्यौपाने, जीवन सुवेदी, विजेन केसी, काठमाण्डौँ जिल्ला अध्यक्ष अंशुल केसी, ललितपुर जिल्ला अध्यक्ष सरोज घोरासैनी, दोलखा जिल्ला अध्यक्ष प्रनिल तामाङ, काठमाण्डौँ जिल्ला सहसचिव बिकल श्रेष्ठ, नेताहरू सतिश यादव, सुवर्ण विष्ट, भुपेन्द्र भट्ट, राजेन्द्र चटौत, विमल कुमार बिष्ट, दिपेश रेग्मी, ओम छेत्री, प्रदीप कार्की, जयेन्द्र विक, गोविन्द कोइराला, सरोज अधिकारी, मनोज भण्डारी, मोहन कालाथोकी, आज्ञा सुजन तामाङ, सन्तोष आचार्य, किरण राज गौतम लगायत थुप्रै विद्यार्थी नेता तथा कार्यकर्तामाथि प्रहरीले बल प्रयोग गरी हिरासतमा लिइएको नेविसंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖