• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

विस्तार हुँदैछ हिमालय, २ टुक्रामा बाँडिदैछ तिब्बत !


  • धनकुटा खबर
  • .

एक नयाँ अध्ययनले चीनको स्वशासित क्षेत्र तिब्बतको भूखण्ड हिमालयको मुनि दुईवटा टुक्रामा विभक्त भैरहेको देखाएको छ । शोधकर्ताहरुका अनुसार महाद्वीपीय प्लेटका टुक्रा विस्तारै छुटि्टइरहेका छन् ।

अमेरिकन जियोफिजिकल युनियनको वार्षिक बैठकमा प्रस्तुत गरिएको एक प्रारम्भिक शोध अनुसार विश्वको सबैभन्दा अग्लो पर्वतको मुनिको भूविज्ञान पहिलेको तुलनामा थप जटिल बन्न सक्दछ

भारतीय तथा युरेशियन टेक्टोनिक प्लेटहरु एक आपसमा ठोक्किइरहेका छन्, जसका कारण हिमालय विस्तार भैरहेको छ ।

सामुद्रिक तथा महाद्वीपीय प्लेटको टकरावको परिणामबारे भूवैज्ञानिकहरु जानकार छन् । तर जब दुईवटा महाद्वीपीय प्लेटहरु एकआपसमा टकराउँछन् त्यसको परिणामको आँकलन गर्न मुस्किल हुन्छ । किनकि दुवैको घनत्व समान हुन्छ ।

जब सामुद्रिक प्लेट सघन हुन्छ तब सब्डक्सन नामक प्रक्रियाबाट यो हलुका महाद्वीपीय प्लेटको मुनि धस्सिन्छ । कतिपय भूवैज्ञानिकहरुका अनुसार प्लेट अन्डरप्लेटिंग नामक प्रक्रियामा युरेशियाली प्लेटको मुनि धस्सिन सक्दछ । जसमा एउटा महाद्वीपीय प्लेट मेन्टलको गहिराइसम्म नतैरिइकन अर्को प्लेटको मुनि धस्सिन्छ ।

कतिपय शोधकर्ताहरुका अनुसार भारतीय प्लेटको भित्री हिस्सा झुकिरहेकेा छ र माथिल्लो हिस्साले तिब्बतको ठूलो हिस्सामाथि दबाब बनाइरहेको छ ।

नयाँ शोधका अनुसार भारतीय प्लेट सबडक्टिंग गरिरहेको छ । तर यसो गरिरहँदा भारतीय प्लेट झुकिरहेको पनि छ र फाटिरहेको पनि छ । यसको माथिल्लो आधा हिस्सा टिनको डिब्बाजस्तै गरी उप्किइरहेको छ ।

शोधकर्ताहरुले पृथ्वीको सतहको माथिल्लो हिस्सा अर्थात् क्रस्ट हुँदै गुज्रिने भूकम्पीय तरंगको जाँच गरेका छन् जहाँ दुईवटा प्लेट एक आपसमा ठोक्किन्छन् । यी तरंगको प्रयोगबाट शोधकर्ताहरुले भारतीय प्लेटको पत्रको स्लाबमा दरार देखिने चित्र तयार पारेका छन् ।

साइन्स म्यागेजिनको रिपोर्ट अनुसार केही स्थानमा भारतीय प्लेटको तल्लो हिस्सा २ सय किलोमिटर सम्म गहिरो छ भने केही स्थानमा यसको गहिराइ केवल १ सय किलोमिटर मात्रै छ । यसबाट पनि के पुष्टि हुन्छ भने भारतीय प्लेटको केही हिस्सा उप्किइसकेको छ ।

सन् २०२२ मा शोधकर्ताहरुले हिमालयमा दुईवटा प्लेटको मिलन हुने सिमाना पत्ता लगाउनका लागि त्यस क्षेत्रमा तातोपानीको झरनादेखि हिलियम ग्यासका फोकाहरुमा रहेको भिन्नताको नक्सांकन गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖