• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

आफ्नो खातामा एक करोड ८० लाख जम्मा नभएको रवि लामिछानेको प्रष्टीकरण


  • धनकुटा खबर
  • .

काठमाडौं,८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो बैंक खातामा कसैले पनि एक करोड ८० लाख रुपैयाँ जम्मा नभएको दाबी गरेका छन् ।

प्राइम बैंकबाट ग्लोबल आईएमई बैंकमा रहेको रविको खातामा सहकारीबाट निकालिएको एक करोड ८० लाख रुपैयाँ जम्मा भएको भन्दै कान्तिपुर दैनिकले आज समचार प्रकाशीत गरेको थियो । उक्त समाचारलाई लिएर रविले आज पत्रकार सम्मेलनको आयोजना गरी यस्तो स्पष्टीकरण दिएका हुन् ।

‘मेरो खातामा एक करोड ८० लाख आयो भनिएको छ। यो कुराको पुष्टि हुने आधार छैन’, उनले सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘मेरो खातामा एक करोड ८० लाख रुपैयाँ जम्मा भएको छैन।’

ग्लोबल आईएमई बैंकबाट आफ्नो खातामा त्यो परिमाणको चेक रकम जम्मा नभएको पत्र नै दिएको उनले बताएका छन्।

‘बैंकले मेरो खातामा त्यस परिमाणको रकम चेकमार्फत जम्मा नभएको पत्र दिएको छ’, उनले भने, ‘बैंकबाटै पत्र आइसकेपछि मैले थप प्रष्टीकरण दिइरहनु परेन। बैंकले नै जम्मा नभएको भनिसकेपछि मेरो खातामा रकम आउँदा घण्टी बज्दा थाहा पाएन भनेर प्रश्न गर्नै परेन।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖