काठमाडौँ । नेकपा एमालेका दिवङ्गत नेता सुवास नेम्वाङको इलामको घर जग्गा लिलामी सम्बन्धी सूचना प्रकाशित भएको छ । नेपाल बैंक लिमिटेडले घरजग्गा लिलामीको ३५ दिने सूचना निकाल्दै फागुन १० गत भित्र कर्जा चुक्ता गर्न भनेको छ ।
पाम फुड्स एन्ड वेभरेज टेक्नोलोजी प्रालिको नाममा नेपाल बैंकबाट कर्जा लिँदा नेम्वाङ व्यक्तिगत जमानीकर्ताको रूपमा बसेका थिए । नेम्वाङका भाइ बुहारी देवकुमारी लिम्बुले घरेलु तथा साना उद्योगमा कम्पनी दर्ता गरेर नेपाल बैंकबाट ऋण लिएकी थिइन् । जसअनुसार बैंकले लिम्बुसँगै कम्पनीका अर्का सञ्चालक झापास्थित शान्तिनगर–५ का रुद्रप्रसाद (काजीमान) गिरी पनि थिए । बैंकले नेम्वाङसँगै लिम्बु, गिरी, नेम्वाङका छोरा मिङ्सो, सम्याङ, भाइ सुरेश कुमार, भतिजो मिराक, छोरी सुसाङ सुमा, पत्नी कलावती लगायतको नाममा ३५ दिने लिलामीको सूचना निकालेको छ । त्यस्तै व्यक्तिगत जमानीकर्ताको रूपमा सुरेशकी छोरी कोमना नेम्वाङ र सिन्धुलीकी कुन्ता कार्कीको नाममा समेत सूचना जारी भएको छ ।
बैंकले जारी गरेको सूचना अनुसार नेम्वाङको नाममा मालपोत कार्यालय इलाम स्थित इलाम–२ मा रहेको कित्ता नम्बर २४६ को क्षेत्रफल ६ रोपनी १५ आना जग्गा र जग्गाले चर्चेको सबै लिगतगापात समेत लिलामी हुने बताइएको छ । सुवास गोतामे
