• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

तीन जना असई सहित २४ प्रहरी सम्पर्कविहीन, सेवाबाट हटाउने तयारी


  • धनकुटा खबर
  • .

काठमाडौं, माघ १० । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि गैरहाजिर रहेका २४ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।

प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै तीन जना प्रहरी सहायक निरीक्षक (असई), तीन जना प्रहरी सहायक हवलदार र १८ जना प्रहरी जवान एक महिनाभन्दा बढी समयदेखि आफूखुशि गैरहाजिर रहेकाले तुरन्त सम्पर्कमा आउँन निर्देशन दिएको हो ।

उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएका जनाउँदै प्रधान कार्यालयले सात दिन भित्र स्पष्टिकरणसहित सम्पर्कमा आउन सूचना जारी गरेको छ। तोकिएको समय भित्र सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने जनाईएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖