• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

बम्जनविरुद्ध मुद्दा हाल्ने किशोरीको बुवाको दुर्घटनामा मृत्यु, षड्यन्त्रको आशंका


  • धनकुटा खबर
  • .

सिन्धुली : कथित तपस्वी रामबहादुर बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतमा बाल यौन शोषणको मुद्दा हालेकी किशोरीको बुवा सवारी दुर्घटनामा मारिएका छन्।

सिन्धुली जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार रौतहटबाट सिन्धुलीको डगाहतर्फ जाँदै गरेको ती किशोरीका बुवा सवार बा ५८ प ९१४१ नम्बरको मोटरसाइकललाई भिमानतर्फ जाँदै गरेको प्र २–०४–००१ ट ००१० नम्बरको ट्याक्टरले भिमानमा ठक्कर दिँदा उनको मृत्यु भएको हो।

दुर्घटनामा परी गम्भीर घाइते किशोरीको बुवाको उपचारका क्रममा सिन्धुली जिल्ला अस्पतालमा मृत्यु भएको सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए। उक्त ट्याक्टरले ती किशोरीका बुवा सवार मोटरसाइकलसँगै ना ११ प ५७५० नम्बरको मोटरसाइकललाई पनि ठक्कर दिएको थियो। यसका चालक भने उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेको प्रहरीले जानकारी दिएको छ।

यसैबीच मृतकका आफन्तले षड्यन्त्र गरी मारिएको हुन सक्ने आशंका गरेका छन्। ती किशोरीका बुवाले केही दिनअघि मात्रै बम्जनले गरेको यौन शोषणबारे अन्तर्वार्ता दिएका थिए। ठक्कर दिने ट्याक्टरका चालक पुष्पलाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर घटना अनुसन्धान गरिरहेको छ। बाराको रतनपुरीस्थित जंगलको आश्रममा बस्दा ती किशोरीलाई बाल यौन शोषण गरेको अभियोगमा बम्जन हाल महोत्तरी जिल्ला कारागारमा छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖