• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

हेटौंडामा बस दुर्घटना


  • धनकुटा खबर
  • .

मकवानपुर : हेटौंडा उपमहानगरपालिका -६ पुतलीबजारस्थित धरान चतरा सडकखण्डमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

बुधबार बिहान करिब ९ बजेतिर फुर्केचौरबाट हेटौँडातर्फ आउँदै गरेको ना ३ ख ५३०३ नम्बरको बस अनियन्त्रित भइ सडक किनारमा पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घटनामा परी बसमा सवार १५ जना यात्रुमध्ये १० जना घाइते भएका हुन् । घाइतेमध्ये ७ जनाको हेटौंडा अस्पतालमा उपचार र बाँकी तीनजनाको सन्चो हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖