• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

शुक्रराज शास्त्रीलाई सम्झिदै सुनिताको आग्रह- जीवन देशका लागि समर्पण गरौँ


  • धनकुटा खबर
  • .

काठमाडौं । विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिएका शहीदहरूको सम्झनामा आजबाट शहीद सप्ताह सुरू भएको छ ।

माघ १० गते शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि टेकुको पचलीमा आफ्नो जीवन बलिदान दिएका थिए । सोही दिनको स्मरण गर्दै आजबाट उहाँको टेकुस्थित शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्दै शहीद सप्ताह सुरू गरियो ।

सो अवसरमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले शुक्रराजको सालिकमा माला र पुष्पगुच्छा अर्पण गरिन् । उनले शुक्रराज शास्त्री नेपाल भाषाको व्याकरणमा कलम चलाउने पहिलो व्यक्ति भएको बताइन् । जीवन आफ्ना लागि मात्रै नभई देशकै लागि समर्पण गर्न जान्नुपर्ने र देशका लागि योगदान दिनुपर्ने आवश्यकतामा उनको जोड थियो ।

उपमेयर डंगोलले भनिन्, ‘शुक्रराज शास्त्रीको योगदान साहित्यमा पनि उत्तिकै छ । नेपाली र नेपाल भाषामा उहाँले कलम चलाउनुहुन्थ्यो । विशेष गरी नेपाल भाषाको व्याकरण भने लेख्नुहुने पहिलो व्यक्ति पनि शुक्रराज शास्त्री नै हुनुहुन्छ । त्यस योगदानलाई पनि हामी स्मरण गर्न चाहन्छौँ । बाल साहित्यमा कलम चलाउने पहिलो व्यक्ति हुनुहुन्छ । साहित्यका विभिन्न विधामा बालसाहित्यलाई पनि अघि सार्नुपर्छ भनेर उहाँले कलम चलाउनुभएको छ । उहाँको योगदानलाई कदर गर्दै उहाँले दिनुभएको उहाँको आफ्नो जीवन आफ्ना लागि मात्रै होइन सारा नेपालीका लागि हो भनेर उहाँले जसरी आफ्नो जीवन दिनुभएको छ, त्यसलाई स्मरण गर्न चाहन्छौँ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖