• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

थापेको पासोमा परी पूर्व प्रहरी हवल्दारको मृत्यु


  • धनकुटा खबर
  • .

कैलाली । कैलालीमा वन्यजन्तुलाई पासो थाप्न गएका पूर्व सशस्त्र प्रहरी हवल्दारको आफैं पासोमा परेर ज्यान गएको छ ।घोडाघोडी नगरपालिका–१० का ४० वर्षीय धनबहादुर शाहको मंगलबार ज्यान गएको हो ।

उनीसँगै गएका मोहन्याल गाउँपालिका–३ का ३६ वर्षीय दुर्गा खत्री घाइते भएका छन् ।मंगलबार राति २ बजे स्थानीय तुल्सिपुर सामुदायिक वनमा वन्यजन्तुको सिकार गर्न विद्युतीय धराप थाप्ने क्रममा विद्दुत तार सर्ट भई शाहको ज्यान गएको इलाका प्रहरी कार्यालय, सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए । उपरीक्षक विश्वकर्माका अनुसार करेन्ट लागेर घाइते भएका खत्रीलाई थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖