• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

मेयर हमालको घरमा कालो ब्यानर


  • धनकुटा खबर
  • .

कैलाली । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले धनगढीका नगर प्रमुख गोपाल हमालको घरमा कालो ब्यानर टाँसेको छ।

सोमबार कैलालीको धनगढीमा क्रान्तिकारी युवा सङ्गठनले आयोजन गरिएको पत्रकार सम्मेलनमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बाजुरा इन्चार्ज केशव उपाध्यायले यस अघि नै यस्तो चेतावनी दिएका थिए । आज उनीहरूले हमालको घरमा कालो ब्यानर टाँसेका हुन् ।

उपमहानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका विषयमा सम्बोधनका लागि हुलाकमार्फत अल्टिमेटम पठाउँदा समेत समाधानतर्फ ध्यान नदिएपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको बताइएको छ ।

‘धनगढी उप महानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका विषयमा पौष २१ गते नगर प्रमुखलाई सम्बोधन गरी ४८ बुँदे माग पत्र १५ दिने अल्टिमेटम सहित हुलाक मार्फत पठाइएको र उक्त मागहरू सम्बन्धमा कुनै सुनुवाइ नभएकोले समस्याहरूको समाधानका लागि केही भएनन्’ पत्रकार सम्मेलनमा भनिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖