• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

आज मधेश बन्दको आवह्वान


  • धनकुटा खबर
  • .

काठमाडौं। प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले आज मधेश बन्दको आवह्वान गरेको छ । आजपाले आह्वान गरेको मधेश बन्दको पूर्व सन्ध्यामा भातृ संगठन आईटी आर्मीले जनकपुरको जानकी मन्दिर परिसरको सरसफाइ गरे गरेको छ । सरसफाइ कार्यक्रम पश्चात मन्दिर परिसरमा आईआर्मीको टिमले परेडसमेत खेलेको थियो ।

राजनितिक दुर्गन्धलाई सफाई नगरी देश विकाश नहुने ठहरका साथ सफाई अभियान जानकी भन्दिरबाट सुरु गरिएको आइटी आर्मीले जनाएको छ ।

उक्त कार्यक्रममा अभियानमा आजपा केन्द्रीय उपाध्यक्ष एवं संविधान सभा सदस्य तिलक थापा, महासचिव उपेन्द्र साह, उपमहासचिव अरुण घिसिङ, सचिव ज्ञानेन्द्र तामाङ, सचिव समिना हुसेन, स्थायी कमिटी सदस्य योगेश रालफाली, आम जनजाति महासंघ अध्यक्ष पासाङ तामाङ ,संपर्क मञ्च ईन्चार्ज बिल्टु यादवलगायत नेताहरुको सहभागिता थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖