• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

उपमेयर भोट हाल्न लाइनमा, मेयरद्वारा चुनाव बहिष्कार


  • धनकुटा खबर
  • .

काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले राष्ट्रिय सभा चुनावमा भोट नहाल्ने भएका छन् ।

बाग्मती प्रदेशको मतदाता रहेका उनी हेटौंडामा जारी मतदान प्रक्रियामा सहभागी नभएका हुन् । कार्यव्यस्तताका कारण मेयर भोट हाल्न जान नभ्याउने उनको सचिवालयले जानकारी दिएको छ ।

उपमेयर सुनिता डंगोल भने हेटौँडा पुगिसकेकी छन् ।

राष्ट्रिय सभामा रिक्त १९ सदस्य निर्वाचित गर्न अहिले सातै प्रदेशमा मतदान भइरहेको छ । प्रदेश सभा सदस्य र गाउँ पालिकाका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिकाका मेयर/उपमेयर राष्ट्रिय सभा चुनावका मतदाता हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖