• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

राष्ट्रियसभा निर्वाचनः कोशीमा शुरू भयो मतगणना


  • धनकुटा खबर
  • .

कोशी प्रदेशमा राष्ट्रियसभाको निर्वाचनको मतगणना शुरू भएको छ ।सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले लोकान्तरलाई जानकारी दिएअनुसार मतगणना बिहीवार दिउँसो करिब ३ः५५ बजे शुरू भएको हो ।

कोशीसँगै देशका सातै प्रदेशमा बिहीवार मतदान भएको थियो । बिहीवार ७ वटै प्रदेशमा भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको हो ।

७ प्रदेशमध्ये बागगमतीबाट सबैभन्दा बढी ४, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा ३–३ गरी ९, कोशी, मधेश र कर्णाली प्रत्येकमा २–२ सहित ६ गरी १९ सिटमा लागि मतदान भएको हो । केहीमा बाहेक लगभग सबै प्रदेशमा शतप्रतिशत मत खसेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖