• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

गण्डकी प्रदेशबाट महिलामा मनरुपा विजयी


  • धनकुटा खबर
  • .

पोखरा । राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकी प्रदेशबाट महिला क्लष्टरमा नेकपा माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएकी छन् ।

बिहीबार सम्पन्न निर्वाचनमा उनले ३ हजार ६ सय ६० मतभार पाएर विजयी भएकी हुन् । शर्मालाई स्थानीय तहतर्फ ९५ र प्रदेशसभा तर्फ ३५ जनाले मत दिएका थिए ।

विपक्षी एमालेकी सम्झना देवकोटाले २ हजार ५ सय ५३ मतभार पाइन् । उनलाई स्थानीय तह तर्फ ७३ जना र प्रदेशतर्फ २२ जनाले मतदान गरेका थिए । गठबन्धनको स्थानीय तहतर्फ १ सय १ जना जनप्रतिनिधिमध्ये ५ जनाले विपक्षीलाई मतदान गरेका हुन् ।

स्थानीय तहमा १ भोट र प्रदेशतर्फ पनि १ भोट बदर भएको थियो । राप्रपाका उम्मेदवारले स्थानीय तहबाट कुनैपनि मत पाएनन् भने प्रदेशसभाका २ सांसदले राप्रपा उम्मेदवार गौमाया श्रेष्ठलाई मतदान गरे । स्थानीय तहतर्फ बागलुङको ढोरपाटनका मेयर देवकुमार नेपाली मतदानमा सहभागी भएनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖