• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

बेनी बजारमा धारिलो हतियार प्रहार गरी २२ वर्षीय युवकको हत्या, दुई जना घाइते


  • धनकुटा खबर
  • .

म्याग्दीको सदरमुकाम बेनी बजारमा धारिलो हतियार प्रहार गरेर एक जना युवाको हत्या भएको छ ।

बेनी नगरपालिका–८ पिपलचोक बस्ने रघुगङ्गा गाँउपालिका–१ बेगका २२ वर्षीय सुशील गर्बुजाको बिहीबार साँझ हत्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी मदन कुँवरले जानकारी दिए ।

डिएसपी कुँवरका अनुसार बेनीको न्यूरोडमा युवाहरुको समुहले धारिलो हतियार प्रहार गरेर सख्त घाइते बनाएका गर्बुजालाई उपचारका क्रममा बेनी अस्पतालमा लैजादा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतकको टाउको र छातीमा चोट लागेको छ । थप दुई जना घाइतेको बेनी अस्पतालमा उपचार भइरहेको छ । घाइतेको उपचार, घटनामा संलग्नको पहिचान, खोजी र अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖