• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

नेता र नेतृत्वबाट नै यति ठूलो बेइमानी कल्पना गर्न सकिन्नः चम्पा कार्की


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की नेतृ चम्पा कार्कीले आफूमाथि नेता र नेतृत्वबाटै बेइमानी र षड्यत्र भएको बताएकी छन् ।

सत्तारुढ गठबन्धन दलबाट राष्ट्रिय सभा सदस्य निर्वाचनको उम्मेदवार रहेकी कार्कीले हार व्यहोर्नु परेपछि उनले यस्तो प्रतिक्रिया जनाएकी हुन् । कोशीमा कांग्रेसका जनप्रतिनिधिहरुले कार्कीलाई मतदान नगरेर एमालेकी उम्मेदवारलाई मतदान गरेका थिए । अहिलेको निर्वाचन जनस्तरमा नभएको बताउँदै उनलृ आफूमाथि नेता र नेतृत्वतहबाट नै ठूलो बेइमानी, षड्यन्त्र र धोका भएको बताएकी छन् ।

‘राजनीति सम्भावनाको खेल हो। यो सिधा र सरल रेखाबाट बढ्दैन। म यो व्यवस्था प्राप्तिको यात्रीहुँ । जित हार स्वाभाविक कुरा हो। तर, यो निर्वाचन जनस्तरमा भएको थिएन । नेता र नेतृत्वतहबाट नै यति ठूलो बेइमानी, षड्यन्त्र, धोका कल्पना पनि गर्न सकिन्न।

जे होस् यसले मलाई ठूलो शिक्षा मिलेको छ। यो निर्वाचनमा मत दिएर, मन दिएर, हौसला प्रेरणा दिएर सहयोग पुर्याउनु हुने सम्पूर्ण जनप्रतिनिधिज्यूहरु गठबन्धन दलका आदरणीय नेताज्यूहरु सबैमा हार्दिक आभार व्याक्त गर्दछु । बिजय प्राप्त गर्नुहुने दाइ किष्ण सिटौला, मेरा प्रतिपक्षी बिजित रुक्मीनि कोइरालाको कार्यकाल सफल रहोस् ।

मलाई यो अवसर प्रदान गर्नुहुने आदरणीय पार्टी अध्यक्ष तथा सम्माननिय प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड, पार्टीका आदरणीय सम्पूर्ण नेताहरुप्रती हार्दिक आभार व्यक्त गर्दछु,’– नेतृ कार्कीले सामाजिक सञ्जालमार्फत भनेकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖