• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

बानेश्वरमा भासिएको बस निकाल्न मगाइयो क्रेन


  • धनकुटा खबर
  • .

काठमाडौँको नयाँ बानेश्वरमा गुडिरहेको बस सडकमा भासिएको छ । कोटेश्वरबाट रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको यात्रुवाहक बस गुड्दागुड्दै भासिएको हो ।

बसको पछाडिपट्टीको एउटा चक्का सडकभित्र गाडिएको छ । बस निकाल्नका लागि क्रेन मगाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।

उनका अनुसार बस भासिनेबित्तिकै सबै यात्रु बाहिर निस्किएका थिए । ‘बस भासिएको छ । हामीले निकाल्नका लागि क्रेन बोलाएका छौं । अहिलेसम्म आइपुगेको छैन् । यात्रुहरु सबै सकुशल हुनुहुन्छ’, उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖