• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

खुकुरी प्रहार गरी गर्बुजाको हत्या गर्ने चार जना पक्राउ


  • धनकुटा खबर
  • .

बेनी सदरमुकाममा बिहीबार साँझ भएको सुशील गर्बुजाको हत्या घटनामा संलग्न चार जना पक्राउ परेका छन् ।

बेनी -८ पिपलचोक बस्ने रघुगङ्गा गाउँपालिका-१ बेगका २२ वर्षीय सुशील गर्बुजाको चक्कु प्रहार गरी हत्यामा संलग्न भएका चार जनालाइ सार्वजनिक गरेको हो ।

हत्यामा संलग्न धवलागिरि -४ का अमृत पुर्जा, शङ्कर घर्ती, रघुगङ्गा-७ का १९ वर्षीय उत्सव पुन र मङ्गला -२ का २३ वर्षीय जीवन जिसीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कुमार गुरुङले जानकारी दिए ।

ज्यानसम्बन्धी कसुर/मुद्दा शीर्षकअन्तर्गत जिल्ला अदालतबाट बिहीबारदेखि पाँच दिनको म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

छातीमा चक्कु प्रहार गरेर सख्त घाइते बनाइएका गर्बुजालाई उपचारका क्रममा बेनी अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖