• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

कोशीमा ओलीले कांग्रेसका जनप्रतिनिधिलाई पैसा खुवाएको बिडारीको आरोप


  • धनकुटा खबर
  • .

काठमाडौं, १३ माघ । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका उम्मेदवारलाई पैसा खुवाएको आरोप लगाएका छन् ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले राष्ट्रिय सभा सदस्य निर्वाचन पश्चात सत्तारुढ गठबन्धन दलका नेताहरुसँग समसामयिक विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीले अनेक तिक्डम गरेर माओवादीकी उम्मेदवार चम्पा कार्कीलाई हराउन लागिपरेको बताए ।

‘हाम्रो पार्टीको अपाङ्ग भएको, जनयुद्धमा सहभागी भएको उम्मेदवारलाई हामीले कोशीमा उठाएका थियौं ।’ उनले भने, ‘त्यसको सट्टामा केपीजी बडो चलाख मान्छे, कूटनीति जान्ने मान्छे, त्याँमाथि एमाले भनेपछि अहिलेदेखि होईन, पहिल्यैदेखि बडो तिक्डम गर्न जान्ने, रकमी प्रकारका काम गर्न उल्का सिपालु भावनाले त्यहाँ उहाँहरुले एउटा सिट गडबड पार्दिन सक्नुभयो ।’

कोशीको मत परिणामले वर्तमान सत्ता गठबन्धनलाई कुनै असर नपर्ने उनको भनाइ छ । उनले कोशीमा गडबड गर्नेलाई छानविन गरेर सम्बन्धित पार्टी र गठबन्धनले उचित दण्ड दिनु आवश्यक रहेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖