• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

पार्टीका नेता/कार्यकर्तासँग प्रचण्डको प्रश्नैप्रश्न, १७ हजार प्लस २ भनेर प्रचार गर्दा पनि प्रतिवाद नगरेको दुखेसो


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका नेता तथा कार्यकर्ताप्रति प्रश्नैप्रश्न वर्षाएका छन् । आज (शनिबार) माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा सहिद प्रतिष्ठान नेपालको १४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले जनयुद्ध, सहिदहरु, बेपत्ता योद्धाहरुप्रति खुलेआम गाली गलौज, अपमान गर्दा पनि हामी टुलुटुलु हेरेर बसेको भन्दै नेता तथा कार्यकर्तामाथि प्रश्नैप्रश्न वर्षाएका हुन् ।

जसले जे आरोप लगाएपनि नेता तथा कार्यकर्ताहरु टुलुटुलु हेरेरमात्रै बसेको भन्दै उनले आफूहरुको अवस्था लाजमर्दो भइसकेको बताए ।
उनले भने,

जनयुद्ध, सहिदहरु, बेपत्ता योद्धाहरुप्रति घोर प्रतिक्रियावादी प्रतिगामी तानाशाहहरु, षड्यन्त्रकारीहरुले खुलेआम गाली गलौज, अपमान गर्दा पनि हामी टुलुटुलु हेरेर बस्ने भएका छौं । अस्ति भर्खरै र लगातार १७ हजार भन्ने भाष्य बनाउन खोजिएको छ । र ती १७ हजार माओवादीले मारेका ! यति झुठ, यति बेइमानीपूर्ण, षड्यन्त्रकारी आपराधिक प्रचार खुलेआम तपाई हाम्रो अगाडि गरेको हुन्छ तर तपाई हामी प्रतिवाद गर्ने आँट गर्दैनौं क्या । कति जालमर्दो भयो हाम्रो स्थिति ? १७ हजार प्लस २ भनेर एउटा मान्छे व्यानर बोकेर उभिएको हुन्छ । तर, तपाईँ हामीलाई त्यहाँ प्रतिवाद गर्ने जाँगर पनि छैन । न लेख्ने, न बोल्ने ? हिजो भए हामी त्यो सहन सक्थ्यौं त ? हामी सहन्थ्यौं त ? के गथ्र्यौं हामीले ? कस्तो प्रतिवाद गथ्र्यौं ? कसरी गथ्र्यौं ? हामीलाई के ले रोकेको छ ? किन जोश आइरहेको छैन हामीलाई ? भन्दा हामी हाम्रो उद्देश्यप्रति कहीँ न कहीँ धेरै नै उदासिन भइसकेका छौं । अहिले त राष्ट्रिय सहिद भनिएको छ ।

झण्डै १० हजारभन्दा बढि पुग्न लाग्यो । ती त महान सहिद हुन नि । ती हत्यारा हुन् त ? अनि ती हत्यारा होईनन् ती त महान राष्ट्रिय सहिद हुन् भनेर हामीले देशैभरी कार्यक्रम राख्न हामीलाई के–ले रोक्छ ? के–ले छेक्छ ? किन हामीले वडा– वडामा, पालिका–पालिकामा, जिल्ला–जिल्लामा प्रदेश–प्रदेशमा राष्ट्रिय सहिद सम्मान कार्यक्रम भनेर राख्न किन ढिला गरिराखेका छौं ? अहिले त खुलेआम छाति खोलेर भन्न पाइन्छ नि हाम्रा महान राष्ट्रिय सहिद भनेर । हाम्रा सहिदहरुलाई अरुले सम्मानित गर्दिउन भनेर पर्खेर बस्ने त होइन नि हामी त । राज्यले त राष्ट्रिय सहिद घोषणा गर्यो, हाम्रा सहिदहरुलाई हामीले नै सम्मानित गर्नुपर्यो नि । हाम्रो पार्टी, आन्दोलन तपाई हामी जोड्दार रुपमा जनतामाझ जान हिचकिचाइरहेका छौं । हामीलाई हत्यारा भन्नेहरु खुलेआम हिँड्ने, बडो दाबीको साथ, तिमीहरु हत्यारा हौं भनेर हामी भन्न नसक्ने ? यो कुरा पनि समीक्षा होस् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖