• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

कोशीमा ‘फ्लोर क्रस’को माओवादी रोइलो : निर्वाचन आयोगले चिन्दैन, कांग्रेसले मान्दैन


  • धनकुटा खबर
  • .

काठमाडौं। कोशी प्रदेशमा मुखैमा आएको मुख्यमन्त्री गुमाएको माओवादी केन्द्र राष्ट्रियसभा निर्वाचनमा पनि जित्ने बलियो आशा गरेको सिट गुमाएपछि रन्थनिएको छ।

एक सिट गुमाएको चोटमा आक्रोशित माओवादीले यसको आरोप नेपाली कांग्रेसमाथि थोपरेको छ। माओवादीले कांग्रेसलाई ‘बेइमान’को आरोप लगाएको छ। माओवादीले आफूले सिट गुमाउनुमा कांग्रेसको आन्तरिक किचलोको प्रभाव गठबन्धनमा परेको निष्कर्ष निकालेको छ।

राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गरेको माओवादीका उम्मेदवार चम्पा कार्की पराजित हुँदा कांग्रेस उम्मेदवार कृष्ण सिटौला विजयी बनेपछि माओवादीले कांग्रेसको आन्तरिक किचलोका कारण पार्टीले राष्ट्रियसभामा एक सिट गुमाएको प्रतिक्रिया दिएको छ।

तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएपछि कोशी प्रदेशमा माओवादीले मुख्यमन्त्री पाउने सहमति भएको थियो। तर कांग्रेसका नेता डा. शेखर कोइरालाले एमालेको सहयोगमा आफू निकट केदार कार्कीलाई मुख्यमन्त्री बनाएपछि माओवादीले मुखैमा आएको मुख्यमन्त्री गुमाएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖