• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

लिङ्देनले छोरीलाई अमेरिका पठाएको खुलाशा, रेखाले खोलिन यस्तो पोल


  • धनकुटा खबर
  • .

राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको अभिव्यक्तिप्रति अभिनेत्री तथा सोही पार्टीकी केन्द्रीय कार्यसम्पादन समिति सदस्य रेखा थापाले आपत्ति जनाएकी छन् ।शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले रेखा थापातर्फ इङ्गित गर्दै बच्चा जन्माउनका लागि अमेरिका गएकोप्रति कटाक्ष गरेका थिए । उनले एउटी महिलाले पहिलोपटक पाउने सन्तान अब यो धर्तीमा जन्माउन नचाहने अवस्था आएको बताएका थिए ।

‘चर्चित कलाकारले बेबी प्लान भनेर पोष्ट गर्नुभयो । उहाँ नानी जन्माउन अमेरिका जानुभयो । आफूले पाउने उत्तराधिकारी सुरक्षित रुपमा जन्महोस् भनेर लगेको होला भनेको त, उसलाई त्यहाँ जन्माएपछि उ त अमेरिकी हुने रहेछ’ उनले भनेका थिए, ‘जीवनमा एउटा महिलाले पहिलोचोटी प्राप्त गर्ने सन्तान यो धर्तीमा जन्माउन चाहँदैन । आफ्नो सन्तान नेपाली नहोस् भन्नेमा भविष्य सुरक्षित ठान्ने अवस्था आउँछ भने देशको अवस्था, राष्ट्रियताको अवस्था कहाँ पुग्यो ? यो भन्दा देशको लागि दुर्भाग्यको अवस्था के हुन सक्छ ? राष्ट्रियताको भान मर्दै गएको हो कि हैन ?’

उक्त कटाक्षपछि नायिका थापाले अमेरिकाबाटै सामाजिक सञ्जालमार्फत जवाफ फर्काएकी छिन् । उनले आक्रोशित हुँदै लेखेकी छिन्, ‘देशको माया हुनेले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो ! अमेरिकामा किन राखेको ?’

राप्रपा अध्यक्ष लिङदेनकी छोरी अमेरिकामा छिन् । यति मात्रै हौन रेखा थापाले एक्समा अर्को पोष्ट राख्दै उनले छोरी अमेरिका पठाउने अनि जनताका बिचमा गएर सबैलाई उपदेश दिने नैतिकता कस्तो हो भन्दै प्रश्न गरेकी छिन् ।

‘राष्ट्रवादी हुने अभियानको पछिल्लो किस्ता नाटकको बेलुन कोशीमा भ्वाङ्ग परेपछि, बिरालाहरू खाँबो कोतर्दै छन रे त ! आफ्नो छोरा मिसनरी स्कुल पढाउने, छोरी अमेरिका पठाउने अनि जनताका बिचमा गएर सबैलाई उपदेश दिने नैतिकता कस्तो हो कुन्नि ? उनले लेखेकी छिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖