• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

घुस लिनेदिने दुवै विरुद्ध अख्तियारले हाल्यो भ्रष्टाचारको मुद्दा


  • धनकुटा खबर
  • .

काठमाडौं,१४ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिनेदिने दुवैलाई भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागमा कार्यरत करारका कर्मचारी प्रदीप भट्टराई र उनलाई घुस दिने सुमी धामी भन्ने सुमित्रा सापकोटाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट राष्ट्रिय परिचय पत्र सहजीकरणको लागि राहदानी विभागमा खटाइएका कम्प्युटर इन्जिनियर भट्टराईले सेवाग्राहीहरुलाई राहदानी बनाइदिने भनी रकम लिएको हुँदा प्रचलित कानून बमोजिम कारबाही हुन भन्ने राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागको पत्ररउजुरीका सम्बन्धमा अनुसन्धान हुँदा दोषी पाईएको अख्तियारको भनाइ छ ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट राष्ट्रिय परिचय पत्र सहजीकरणको खटाइएका प्रदीप भट्टराईले राहदानी बनाएवापत सुमी धामी भन्ने सुमित्रा सापकोटाबाट ३४ हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सँगै सुमित्राले घुस/रिसवत लिने कसुरजन्य कार्य गर्न दुरुत्साहन गरेको पुष्टि भएकाले उनीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖