• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

अर्काको नागरिकता दुरुपयोग गरी बैंकमा खाता खोल्ने महिला पक्राउ


  • धनकुटा खबर
  • .

अर्का व्यक्तिको नागरिकता दुरुपयोग गरी बैंकमा खाता खोल्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाण्डौं कागेश्वरी मनोहरा नगरपालिका वडा नं-२ घर भई काठमाण्डौं महानगरपालिका वडा नं- २० बस्ने ४० वर्षीय सरस्वती खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनलाई अर्का व्यक्तिको नागरिकता प्रयोग गरी बैंकको ग्राहक पहिचान विवरणमा आफ्नो फोटो टाँस गरी खाता खोलेर अन्य व्यक्तिलाई चेक दिई दुरुपयोग गरेको कसुरमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी अनिल कुमार अधिकारीले जानकारी दिए।

खड्कालाई बैंकिङ कसुर सजाय ऐन २०६४ बमोजिम जिल्ला प्रहरी परिसर, काठमाडौँबाट अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖