• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

आफू खुसी निर्णय गर्दा काठमाडौँ महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइराला निलम्बित


  • धनकुटा खबर
  • .

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले शिक्षा विभाग प्रमुख सीताराम कोइरालालाई निलम्बन गरेका छन्।

शिक्षा समितिबाट हुनुपर्ने निर्णय कोइराला आफैँले गरेको पाइएपछि शाहले उनलाई स्पष्टीकरण सोध्दै एक साताका लागि निलम्बन गरेका हुन्।

मध्य बानेश्वर स्थित रत्नराज्य माविको कक्षा ११ र १२ मा विज्ञान संकाय अध्यापनको लागि कोइरालाले अनुमति दिएका थिए। महानगरमा मेयरको संयोजकत्वमा बनेको शिक्षा समितिमा लगेर निर्णय गराई दिनुपर्ने उक्त निर्णय समितिमा नलगी कोइराला आफैँले दिएको आरोप उनीमाथि छ।

मेयरको क्षेत्राधिकार मिचेर काम गरेको भन्दै उनलाई एक हप्ताका लागि निलम्बन गरिएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖