• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

दरबार रोधीघरका सञ्चालक अशोक गिरीलाई ४ दिन हिरासतमा राख्न अनुमति


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको जमलस्थित दरबार रोधीघरका सञ्चालक अशोक गिरीलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रवार पक्राउ गरेर प्रहरीले उनलाई आइतबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारीले उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका छन् । अभद्र व्यवहार गरेको कसुरमा उनलाई ४ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।

दरबार रोधीघरमा आएका ग्राहकलाई कुटपिट गरेर शरीरमा कफी फालेको आरोपमा उनीविरुद्ध प्रहरी वृत्त दरबारमार्गमा उजुरी परेको थियो । गिरीविरुद्ध प्रहरी वृत्त दरबार मार्गले अनुसन्धान गरिरहेको छ । पुस २६ मा बिहान ४ बजे दोहोरीमा आएका ग्राहकलाई उनले कुटपिट र दुर्व्यवहार गरेका हुन् ।

गुण्डागर्दीमा पनि संलग्न गिरीले यसअघि पनि दोहोरीमा ओभर बिलिङ गरेर ठग्ने गरेको आरोप छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖