काठमाडौँ । काठमाडौँ उपत्यकामा चिसो बढ्दो जाँदा जनजीवन प्रभावित भएको छ ।
केही दिनअघिदेखि तापक्रम घट्दै जाँदा क्रमशः न्यूनतम तापक्रम २.२ मा झरेको काठमाडौँको तापक्रम २.१ डिग्रीसम्म झरेको छ ।
यसले गर्दा सर्वसाधारणलाई दैनिक रूपमा गर्नु पर्ने काम गर्न समेत असहज भएको छ ।
बाक्लो कपडा लगाउनु पर्ने, आगो बालेर ताप्नु पर्ने अवस्था समेत सृजना भएको छ ।
