• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

मेयर बालेनले गर्नुपर्ने निर्णय शिक्षा विभाग प्रमुख कोइरालाले आफैँ गरेपछि…


  • धनकुटा खबर
  • .

काठमाडौ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले शिक्षा विभाग प्रमुख सीताराम कोइरालालाई स्पष्टीकरण सोधेका छन्।

महानगरको शिक्षा विभागको निर्णयविना नै विभाग प्रमुख कोइरालाले बानेश्वरको रत्नराज्य स्कुललाई विज्ञान अध्यापन गराउन अनुमति दिएसँगै स्पष्टीकरण सोधिएको हो।

मेयर बालेन्द्रको सचिवालयका अनुसार महानगरको शिक्षा विभाग बालेन्द्रमातहत नै छ। शिक्षा विभागले गर्नुपर्ने निर्णय शाखा प्रमुख कोइरालाले गरेसँगै स्पष्टीकरण सोधिएको हो।

रत्नराज्य स्कुलले ११–१२ मा विज्ञान विषय अध्ययन गर्न अनुमति पाएर २२ जना विद्यार्थी भर्ना भइसकेका छन्। ‘अहिले कोइरालालाई स्पष्टीकरण सोधिएको छ। उहाँको जवाफ आएसँगै चित्त नबुझे कारबाही हुन्छ’, बालेन्द्रको सचिवालयका एक सदस्यले बताए।

यसअघि बालेन्द्रले प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी लागायत ३ जनालाई स्पष्टीकरण सोधेका थिए। जसमा अधिकारीको महानगरबाटै सरुवा भइसकेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖