• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

ताप्लेजुङका बेपत्ता यी महिला २५ दिनको बच्चासहित मृत फेला


  • धनकुटा खबर
  • .

ताप्लेजुङ — २५ दिनको नाबालकसहित आइतबारदेखि बेपत्ता आमा मृत भेटिएकी छन् । पाँचथरको याङवरक गाउँपालिका गणेश चोक छेउ ढाँडगाउँकी २६ वर्षीया यमुना भुर्तेल चापागाईंको शव तमोर नदी किनारमा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक राजन लिम्बुका अनुसार आठराई त्रिवेणी गाउँपालिका-२ माटेको तमोर नदी किनारमा शव भेटिएको हो । शिशुको अवस्था भने अज्ञात रहेको प्रहरीले जनाएको छ ।

आठराई त्रिवेणी गाउँपालिका-२ फूलबारी चोकपुर उनको माइती घर हो । ‘आइतबार बिहान ११ बजेतिर घरबाट परेवाडाँडा स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन घरबाट हिँडेकी रहिछन्,’ यमुनाका पिता जय भुर्तेलले भने, ‘बेलुका नाङखोल्याङको सेसम्बुमा एकजना आमाले भेटाउनु भएको रहेछ, माइतीघरसम्म आइपुगिनन् ।’

उनले बोक्ने मोबाइल र उनले लगाएको केही कपडा भने आइतबार तमोर नदी किनारमा भेटिएको थियो । त्यसैको आधारमा प्रहरीसहित स्थानीयले नदी किनारमा खोजी गरेका थिए ।-आनन्द गौतम/इकान्तिपुर

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖