• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

प्रधानमन्त्री प्रचण्डले राष्ट्रघाती सम्झौता गरेको झलनाथको आरोप


  • धनकुटा खबर
  • .

काठमाडौं, १५ माघ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रघाती सम्झौता गरेको आरोप लगाएका छन् ।

आज (सोमबार) केन्द्रीय परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधि सभा विघटन गरेपछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले केही काम नगरेको र अहिले कम्युनिष्ट पार्टीको नेतृत्वमा बनेको सरकारले त झन राष्ट्रघाती सम्झौता गरेको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले दूतावासबाट सोझै परियोजनामा २० करोड रुपैयाँ रकम दिन सकिने गरी सम्झौता गरेको र उक्त सम्झौता राष्ट्रघाती र देशको सार्वभौमसत्ताको विरुद्धमा रहेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖